प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा संवोधन गर्ने

कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रास भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
बुधबार या बिहीवार प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।
वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ।
कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्न नसकेको भनेर सरकारले आलोचना खेपिरहेको छ ।
अझ सरकारले निशुल्क उपचार गर्न नसक्ने भनेपछि प्रधानमन्त्रीके राजीनामा समेत माग हुन थालेको छ ।
कोरोना संक्रमतिको निशुल्क उपचार गर्नबाट हात झिकेका प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्न लागेको संबोधनलाई महत्वका साथ हेरिएको छ ।
४ कात्तिक २०७७, मंगलवार २०:२० बजे प्रकाशित