काठमाडौंमा फेरि लकडाउनको तयारी
काठमाडौंमा फेरि लकडाउनको तयारी भएको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् ।
३० असोज २०७७, शुक्रवार २२:२९ बजे प्रकाशित












