काठमाडौंमा थपिए २ हजार ४ सय २ कोरोना संक्रमित
शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
३० असोज २०७७, शुक्रवार १६:४१ बजे प्रकाशित