२०५९ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति थपिए ?

२४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १४०९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना छन् ।

यस्तै मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२३ असोज २०७७, शुक्रवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु