देशभर फेरि कडाई, स्वस्थ्यमन्त्रालयले जारी गर्यो यस्तो प्रस्ताव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सुरक्षा मापदण्डमा कडाई गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब, जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको बताएका हुन् ।

योसँगै देशभर कडाई हुने देखिएको छ । त्यस्तै मन्त्रालयले यो वर्षको दशैँ जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ ।

कोरोना भाइरस ९कोभिड १९० को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि एक ठाउँबाट अर्को ठाउँमा यात्रा नगर्न आग्रह गरेको हो ।

काठमाण्डौ उपत्यकामा २४ घण्टामा थपिए १५ सय ९९ सङ्क्रमित
गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा १५ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा १३ सय ७३ जना, ललितपुरमा एक सय ८७ जना र भक्तपुरमा ३९ जनामा सङ्क्रमण देखिएको हो ।

यो सङ्ख्या देशैभर थपिएका सङ्क्रमितमध्ये झण्डै ७१ प्रतिशत हो ।

केही हप्तायता काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण दर बढेसँगै जोखिम पनि बढेको छ ।

गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा १५ सय ९९ सहित देशैभर २२ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको छ ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये आइतबारसम्म ६४ हजारभन्दा धेरै डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार तीन सय २९ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

१९ असोज २०७७, सोमवार ०६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु