डोनाल्ड ट्रम्पलाई राष्ट्रपति भण्डारीले पनि सम्झिइन्, पठाइन् स्वास्थ्य लाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्य लाभको कामना सन्देश पठाएकी छन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी हुन्।

सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना नियन्त्रण र महामारीका बेला र महामारीपछि पनि मानिसको स्वास्थ्य र अर्थतन्त्रलाई जोगाउन ठोस कदम चाल्नु पर्ने कुरामा जोड दिएकी छन्।

राष्ट्रपति भण्डारीले आगामी दिनमा नेपाल-अमेरिकाको बहुआयामिक सम्बन्ध अझ मजबुद् हुँदै जाने आशा पनि सन्देशमा व्यक्त गरेकी छन्।

ट्रम्प र उनकी पत्नी मेलानियालाई शुक्रबार कोरोनाभाइरसको संक्रमण भएको थियो। कोरोनाको हल्का लक्षण देखिएका ट्रम्पलाई सैनिक अस्पतालमा भर्ना गरिएको छ।

आइतबार बिहान एक भिडिओ जारी गर्दै उनले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन्।

१८ असोज २०७७, आइतवार १०:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु