कोरोना पुष्टि भएपछि कांग्रेस नेता केसी पार्टीसँग रिसाए

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफुसहित केही नेतामा कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भैसक्दा पनि पार्टीले खबर नगर्नु दुःखद रहेको बताएका छन् ।

शनिबार केसीसहित केही कांग्रेस नेताहरुमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनले १५ गते नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको स्वाव संकलनको रिपोर्टको नतिजा सञ्चारमाध्यामहरुबाट थाहा पाइएको तर पार्टीले अझै खबर नगर्नु दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता केसीले कोरोना पोजेटिभ रिपोर्ट आएलगत्तै आफु सेल्फ क्वारेन्टाइनमा रहेको र आफुसँग सम्पर्कमा आएका साथीहरुलाई परीक्षण समेत आग्रह गरेका छन् ।

उनले आफ्नो स्वास्थ्य ठिक रहेको समेत जनाएका छन् ।

१७ असोज २०७७, शनिवार २३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु