मन्त्रीबाट राजीनामा दिने भानुभक्त ढकालको तयारी

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राजीनामा दिने तयारी गरेका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको मन्त्रिमण्डल पुनर्गठनको तयारी भएसंगै मन्त्री ढकाल पनि बाहिरिने चर्चा छ ।

सरकारबाट हटाइएको भन्ने भन्नु भन्दा बरु राजीनामा नै दिने तयारी मन्त्री ढकालले गरेको स्रोतको दाबी छ ।

पुर्व एमालेबाट ७ र माओबादी बाट ५ जना गरि तयार भयो मन्त्रिहरुको लिस्ट

ओली निकट एक नेताका अनुसार पूर्वमाओवादी केन्द्र समूहबाट र ओलीले साविक एमाले घटकबाट नयाँ मन्त्रीको अनुहार पनि खोजी सकेका छन् । मापदण्डमा भने दुई अध्यक्षले गृहकार्य गरिरहेको उनको भनाइ छ । पूर्वएमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडा आदिको नाम चर्चामा छ ।

पूर्वमाओवादी केन्द्रबाट, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल लगायतको नाम चर्चा छ । ओलीनिकट ती नेताका अनुसार डा।युवराज खतिवडा डिफ्याक्टो, छायाअर्थमन्त्री बनिसकेपछि अर्थमन्त्रालयमा नयाँ नेतृत्व आउन सम्भावना न्यून छ । बरु अर्थराज्यमन्त्री बनाउने प्रधानमन्त्रीको चाहना छ ।

११ असोज २०७७, आइतवार २१:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु