उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

आइतबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा २१ महिला र ५१ पुरुष गरि ७१ जना र ललितपुरमा ४३ महिला र ६१ पुरुष गरि १०४ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । हाल क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् ।

त्यस्तै होम आइशोलेशनमा १०,६९८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८३२१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ८८ हजार ३२७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

 

११ असोज २०७७, आइतवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु