काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

९ असोज २०७७, शुक्रवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु