मकवानपुरमा दुई इन्स्पेक्टरसहित ४७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा दुई इन्स्पेक्टरसहित ४७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–११, थानाभर्याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

योसँगै मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको संख्या १ सय १५ जना पुगेको छ ।

२७ भदौ २०७७, शनिवार १८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु