चितवनकी ७८ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि

पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ कि ७८ वर्षीया महिला छिन्।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।

मृत्युपछि शुक्रबार बिहान आएको पीसीआर नतिजामा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ।

चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का तीन तथा बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

२६ भदौ २०७७, शुक्रवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु