पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
पोखरामा कोरोना संक्रमणबाट थप १ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० निवासी ७३ वर्षीया महिला हुन् ।
कोरोना संक्रमण भई सोमवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना भएकी ती महिलाको मंगलवार दिउँसो ३ः५० बजे उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले उनको मृत्युको पुष्टि गर्दै सो अस्पतालमा उपचारका क्रममा मृत्यु हुने उनी नवौं संक्रमित भएको बताएका छन् ।
गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२३ भदौ २०७७, मंगलवार १८:०५ बजे प्रकाशित












