नेपालमा पहिलोपटक कोरोनाबाट पत्रकारको मृत्यु
नेपालमा पहिलोपटक कोरोनाबाट पत्रकारको मृत्यु भएको छ ।
सोमबार कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिए ।
मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
यो संगै नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन्।
यस्तै, काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
२२ भदौ २०७७, सोमवार २१:०६ बजे प्रकाशित













