काठमाडौंमा शव ब्यबस्थापनका लागी ठाउँ खोज्नुपर्यो : सिडियो दाहाल

काठमाडौंका सिडियो जनकराज दाहाललेकोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि तत्काल ठाउँ खोज्नुपर्ने जरुरी भएको समेत बताए।

त्यसका लागि अनकन्टार ठाउँ तत्काल खोजेर फिनसिङको काम थाल्नुपर्ने उनको भनाई छ। शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले भनेने, यहि रुपले कोभिड संक्रमण बढ्ने हो भने अब डेड बडी म्यानेजमेन्टको ठाउँ तयार गर्नपनि थाल्नुपर्छ अब।

भोलिका दिनमा डेथ धेरै हुँदा व्यवस्थापन गर्न अनकन्टार ठाउँमा फिनिसिङ गरेर तयार पार्नुपर्छ।त्यस्तो स्थिति त नआओस् तर तयार भएर बस्नपर्छ।भोलि सयौँ मानिसको मृत्यु भएमा के गर्ने क्वारेन्टाईन, आइसोलेसन र टेस्टिङ थप गर्न पर्छ।

दाहालले काठमाडौंमा आइसोलेसन र क्वारेन्टाइन थप गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै, परिक्षणको दायरा पनि बढाउनुपर्ने उनको भनाई छ।

सरकारले आइसोलेसन र क्वारेन्टाइन पर्याप्त रहेको बताइरहेका बेला उनले आईसोलेसन, क्वारेन्टाईन र परिक्षण थप गर्नुपर्ने बताएका हुन ।

उपत्यकाको नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल

उनले भने, आईसोलेसन, क्वारेन्टाईन र टेस्टिङ बारे धेरै कम्प्लेन आएको छ।यो थप गर्नुपर्छ।यो हामीलाई पनि महसुस भएको छ।

२१ भदौ २०७७, आइतवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु