कोरोना पोजेटिभ भए पनि सरकारले १४ दिनपछि घर पठाउने

कोरोना पोजेटिभ भए पनि सरकारले १४ दिन पछि आइसोलेसनबाट घर पठाउने भएको छ ।

कोरोना पोजेटिभ देखिएको खण्डमा आइसोलेसनमा राख्ने र १० औं दिनमा कोरोना परीक्षण गर्ने सरकारको निर्णय छ।

१० औं दिनमा रिर्पोट पोजेटिभ आएको खण्डमा थप ४ दिन राखेर कोरोना परीक्षण नगरी घर पठाउने निर्णय भएको आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए ।

यो विश्व स्वास्थ्य संगठनकै मापदण्ड भएको उनले बताए । उनका अनुसार कोरोना पोजेटिभभएपछि १४ औं दिनमा घर जानुपर्ने हुन्छ ।

थप १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालभर कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ।

मृत्यु हुनेमा चार जना महिला र बाँकी पुरूष छन्।

चार महिला सुनसरी, बारा, महोत्तरी र काठमाडौंका हुन्।

त्यस्तै, सुनसरी, मोरङ, नवलपरासी, रौटहट, ललितपुर, भक्तपुरका एकरएक जना छन् भने महोत्तरी र रूपन्देहका दुई-दुई जना पुरूष छन्।

१४ भदौ २०७७, आइतवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु