कोरोना ग्राफ : २२ संक्रमित भेन्टिलेटरमा, १७५ आईसीयूमा
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर विरामीको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ३, वागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।
मन्त्रालयका अनुसार १७५ संक्रमित आईसीयूमा छन् । प्रदेश १ मा १५, प्रदेश २ मा ३८, वागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १७ र कर्णाली प्रदेशमा २४ संक्रमित आईसीयूमा छन् ।
पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिएका छन् भने ३१३ जना निको भएर घर फर्र्किएका छन् ।
सोही अवधीमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ भने मृतकको संख्या २०७ पुगेको छ ।
१३ भदौ २०७७, शनिवार १७:३२ बजे प्रकाशित





