नेकपामा पूर्वएमाले र माओवादी संघर्ष, प्रचण्ड पनि माधवसँग रुष्ट !
एक अर्कोलाई धकाएर फाइदा कसले लिने !
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेकपामा पूर्व एमाले र पूर्व माओवादी कित्ताकाट गर्ने प्रयास जारी छ । पछिल्लो समय त्यसको छनक देखिन थालेको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पूर्व एमालेलेलाई एक बनाएर पूर्व माओवादीलाई पाखा लगाउन चाहन्छन भन्ने चर्चा छ । तर, ओलीलाइ त्यसो गरे पार्टी एकता विरुद्ध गएको भनेर आलोचना खेप्नुपर्ला भन्ने छ र कहिले नजिक कहिले अलि टाढा जस्तो भएर व्यवहार गर्दै आएका छन् ।
पूर्व माओवादी अर्थात प्रचण्ड र र पूर्व माओवादीका अन्य केही नेताहरुसँग नजिक भएको जस्ते गरेर माधव नेपाल पक्षलाई साइजमा राख्ने प्रन्त्र उनको छ । अर्कोतर्फ माधव नेपालसँग मिलेर प्रचण्डलाई साइजमा राख्ने प्रयत्न पनि हुँदै आएको छ ।
प्रचण्ड पनि माधवसँग रुष्ट !
नेकपाका अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट बनेका छन् ।
कार्यदल प्रतिवेदनलाई लिएर नेता नेपालले भित्रभित्रै असन्तुष्टि पोख्न थालेपछि प्रचण्ड उनीसँग रुष्ट बनेको नेकपा स्रोत बताउँछ ।
‘माधव नेपालले प्रचण्डबाट धोका भएको गुनासो गरेपछि प्रचण्ड पनि माधवसँग रुष्ट हुनु भएको छ,’ खुमलटार स्रोतले भन्यो ।
विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले गत शनिबार दिएको प्रतिवेदन र प्रचण्डको पछिल्लो भूमिकाले माधव असन्तुष्ट बनेको बताइन्छ । यद्यपि, माधव नेपालले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसबारे नेपालले सचिवालयमै धारणा राख्ने उनको सचिवालयले प्रष्ट पारेको छ ।
हुन त ६ सदस्यीय कार्यदलमा माधव समूहकै हस्ती भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए ।
उनीहरूको सहमतिमै कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । तर केपी ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा रहेका नेपाललाई अध्यक्षद्वयलाई नै थप अधिकार दिन सिफारिस गरेर प्रतिवेदन दिएको मन परेको छैन । सरकार सञ्चालनसम्बन्धी संयन्त्र निर्माण गर्ने आफ्नो प्रस्तवलाई कार्यदलले छलफलको विषयसमेत नबनाएकोप्रति त उनको ठूलो गुनासो रहेको छ ।
स्रोतका अनुसार, पछिल्लो समय नेता नेपालले आफूसँग भेट्न पुगेका सबैजसो नेतासँग प्रचण्डको भूमिकालाई लिएर आलोचना गर्ने गरेका छन् । आफूलाई उपयोग गरेर स्वार्थ पूरा भएपछि केपीसँग नजिक बनेको बुझाइ माधव र उनीनिकट नेताको छ ।
आफूनिकटका नेता सम्मिलित कार्यदलले दिएको प्रतिवेदनमा आफूलाई जोडेर माधव नेपालले गरेकोे गुनासोप्रति प्रति प्रचण्ड रुष्ट बनेका छन् ।
‘कार्यदलमा उहाँको समूहबाट परेका सदस्यको नोट अफ डिसेन्ट पनि छैन । सर्वसम्मत आएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि प्रतिवेदन मन नपरेको भए त्यहाँ किन नोट अफ डिसेन्ट नलेखेको ?’
नेकपाको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनबारे अब सचिवालय र स्थायी समितिमा छलफल हुनेछन् ।
शनिबार प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक आह्वान गरिए पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले १८ भदौसम्मका लागि स्थगित गरिएको छ ।
कार्यदलले दिएको प्रतिवेदनमा नेताहरूको असन्तुष्टि रहेकाले त्यसमा केही संशोधन हुने अनुमान गरिएको छ ।
१३ भदौ २०७७, शनिवार १८:२५ बजे प्रकाशित