शनिवार बिहानै कोरोनाबाट २ जनाको मृत्यु, २२ जना भेन्टिलेटरमा
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट शनिवार बिहानै २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा गरी हाल २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेल्टिलेटरमा छन् ।
यसैगरी १६४ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
कोरोना संक्रमित ह्वात्तै बढेपछि सरकारले थप्यो ३ वटा कोभिड अस्पताल
१३ भदौ २०७७, शनिवार ०७:५२ बजे प्रकाशित












