कोरोना संक्रमित ह्वात्तै बढेपछि सरकारले थप्यो ३ वटा कोभिड अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ ।

पर्सा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा तोकिएको हो ।

यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले केन्द्रीय अस्पतालमा १ हजार बेड, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड तथा स्थानीय पालिका तहमा हरेक पालिकामा ५ बेडको अस्पतालको दरले ३ हजार ४५ बेड थप गरिएको जनाएको छ ।

१२ भदौ २०७७, शुक्रवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु