एकाबिहानै विराटनगरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड(१९ उपचार केन्द्र

बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको कार्कीले बताइन् ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

८ भदौ २०७७, सोमवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु