ताराको ‘गुलेलीमा’ गीतको भिडियो सार्वजनिक
गीतकार तारा अधिकारीको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शान थापाको निर्देशनमा तयार भएको ‘गुलेलीमा’ गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की फिचर्ड छन् । गीतमा संगीत दिपक शर्माको छ । मेलिना राई र किरण भुजेलको स्वर रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।
नाजिरकै अभिनय रहेको अधिकारीको यो भन्दा अघिको गीत लुकी लुकी चोरी चोरीले जस्तै यो गीतले पनि राम्रो सफलता पाउने आशा गीतकार तारा अधिकारीले राखेकी छन् ।
८ भदौ २०७७, सोमवार ०८:०९ बजे प्रकाशित





