कोरोनाबाट एकैदिन ६ वर्षीया बालिकासहित ९ जनाको ज्यान गयो

कोरोनाका कारण नेपालमा गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ ।

सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ ।

यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ ।

यो सँगै नेपालमा अहिलेसम्म १४६ जनाको ज्यान गएको छ ।

शनिवार थप ६३४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २१६ जना

६ भदौ २०७७, शनिवार १६:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु