मकवानपुरमा कोरोना संक्रमणबाट पहिलो पटक १ को मृत्यु

मकवानपुरमा कोरोना भाइरसको संक्रमणबाट १ को मृत्यु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ ठेगाना भएका ६१ बर्षीय बृद्धको गएराति मृत्यु भएको हो ।

उक्त बृद्धको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो । मकवानपुरको हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार उनको स्वाब संकलन गरिएको थियो । तर, स्वाब संकलन गरेको २ दिन नबित्दै मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

मृत्यु भएका उनमा कसरी संक्रमण भयो रु भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको हेटौंडा–४ कर्रा आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिएका छन् । मकवानपुरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सयजना भन्दा बढी पुगिसकेको छ ।

३ भदौ २०७७, बुधवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु