पानी पिउन आएको मान्छे……….

12834630_825423644233729_855707825_n

   कविता

पधेरि बाट गाग्रो लिएर
मसक्क मस्कदै जानू भयो उहाँ
उतिस र चिलाउनेका बनले छपक्कौ
छोपि दियो उँहा र मेरो नजर बिचको दुरि!
लाग्थ्यो पछी पछि जाउ
उंहाकै हात च्याप समाउ
घर बार जमाउ
उँहाकै साथमा रमाउ
तर एक छिन ढिला भए छु
यो प्यास पनि कत्ती बदमास
एक छिन अघि लागि दिइयको भय
नाम थर ठेगाना सोध्न त पाउथे
फेरि तेहि पधेरिमा आइ रहने बाहाना भेटाउथे
मैले पनि ए! मेरि प्यारी भन्न पाउथेँ
उहाले इशारा त दिनुनै भएको थ्यो नि
जान पो सकिन
फेरि भोलि म आउला उहा नआउनु होला
उहा आउनु होला म न आउला
कसरी म उहालाइ फेरि भेटुँ
कसरी मनको तृषना मेटुँ
पुकारौ कस्लाइ के भनेर
भो छाडी दिन्छु आखाको भ्रमलाइ
म त तिर्खाएर प्यासले प्याक्प्याक भयर
तेत्रो उकालो ,घुमाउरो घुम्ती
भिरको बाटो,मुटु दरो बनाएर
यहाँ सम्म
पानी पो पिउन आएको मान्छे!

~इश्वर मैनाली

२८ फागुन २०७२, शुक्रवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु