मकवानपुरका सरोज राना छमछमी सिजन थ्री को बिजता
थाहा, फागुन ३ । मकवानपुर मनहरिका सरोज राना( प्रजा) रियो छमछमी सिजन थ्री को बिजेता बनेका छन।
नेपाल टेलीभिजन द्वारा संचालित डान्सिङ रियालिती सो रियो छमछमी सिजन थ्री मा उनले दुई लाख चौहत्तर हजार सात सय चौहत्तर एसएमएस प्राप्त गरि बिजेता वनेका हुन।
जित संगै उनले डाट्सन रेडि गो कार प्राप्त गरेका छन।
त्यस्तै दुई लाख यक हजार चार सय सत्र एसएमएस प्राप्त गरि धरान कि मनिता राई फर्स्ट रनर अप बन्न सफल भइन।
त्रियानब्बे हजार आठ सय तीस एसएमएस प्राप्त गर्दै सुर्खेतका शेखेर घर्ती मगर सेकेन्ड रनर अप बन्न सफल भए ।
फर्स्ट रनर अप र सेकेन्ड रनर अप ले क्रमश: पाँच लाख बराबरको एल जि होम अपलायन्स र तीन लाख बराबरको एलजी होम अपलायन्स पुरस्कर पाएका छन।
– दिनेश कार्की
३ फागुन २०७४, बिहीवार ०९:२७ बजे प्रकाशित





