दुबै किड्नी फेलपछी चम्सुरी अस्पतालमा, गरिन सहयोगको अपिल

३ साउन , काठमाडौं । चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) का दुबै किड्नी फेल भएको अस्पताल स्रोतले जानकारी गराएको छ । उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ ।

अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले दिएको जानकारी अनुसार पल्पसालाई ३ सय ५ नम्बर वेडमा उपचार भइरहेको छ । उनले सबैलाई सहयोगको अपिल समेत गरेका छन् ।

यो खबर बाहिर आएसँगै नेपालका धेरैजसो कलाकारले उनको स्वास्थ्यको कामना गर्दै आफुहरु साथमा रहेको प्रतिक्रिया दिएका छन् ।

पल्पसा विगत ५ बर्षदेखि यो समस्याबाट ग्रसित थिइन् । पछिल्लो समय किड्नीको डायलसिस गर्ने क्रममा रगत झिक्न नसकिएपछि उनलाई इमर्जेन्सी रुपमा भर्ना गरिएको बुझिएको छ ।

उनका दुबै किड्नी फेर्नका लागि ५० लाखको हाराहारी खर्च लाग्ने बताइएको छ । कलाकारहरुले भित्र भित्रै उनका लागि खर्च जुटाउन थालेका छन् ।

३ साउन २०७८, आइतवार १५:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु