नायिका माल्भिकी छोराको तस्बिर र नाम

Malvika with her kidकाठमाडौं । नायिका माल्भिका सुब्बाले छोराको तस्बिर र नाम सार्वजनिक गरेकी छिन् । वैशाख २ गते छोरो जन्माएकी सुब्बाले ११ दिनपछि अर्थात सोमबार छोराको तस्बिर र नाम फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । छोराको नाम जाइर रियो सुब्बा श्रेष्ठ राखिएको छ । जाइरको अर्थ गर्जिएको सिंह हो । जाइर छोराका बाबु रियाजको उल्टो स्वरुप पनि हो । माल्भिका पूर्व मिस नेपाल पनि हुन् । माल्भिका गत शुक्रबारदेखि रिलिज भएको हाउ फन्नी चलचित्रकी निर्मात्री समेत हुन् ।

१३ वैशाख २०७३, सोमवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु