इशान राईको नयाँ गीत ‘यो दिलमा’ सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको नकआउट चरणबाट बाहिरिएका इशान राईले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘यो दिलमा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
वर्षा राईले लेखेको गीतमा महाराज थापाको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ ।
‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएपछि इशानले गायक राजेश पायल राईसँग गीत गाएका थिए ।
त्यसपछि उनको चर्चा अझै बढी भएको थियो । यसभन्दा अघिल्लो पटक राजेशसँग इशानले ‘धरानकी सान्नानी’ बोलको गीत गाएका थिए ।
९ असार २०७८, बुधवार १४:१३ बजे प्रकाशित