एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक

गायिका एलिना चौहानको नयाँ गीत बजारमा आएको छ । उनको ‘हावामा फैलियो मधुरो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीत प्रगति देवकोटाले लेखेका हुन् । गीतमा संजीव सिंहको संगीत सुन्न सकिन्छ ।
मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको कथा बोकेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । कवि सुवेदी र पूजन सापकोटाले संयुक्त रूपमा म्युजिक भिडियो निर्देशन गरेका छन् ।
म्युजिक भिडियोमा गीतकार देवकोटाकै परिकल्पना प्रस्तुत गरिएको छ । उनलाई म्युजिक भिडियोको अभिनयमा समेत देख्न सकिन्छ ।
गीतकार देवकोटाले गीत सार्वजनिक गर्ने सही समय यही भएको बताएकी छन् । उनले भनेकी छन्, ‘एक वर्षभन्दा लामो समयदेखि महामारी र लकडाउन भोगिरहेका बेला यो गीत सार्वजनिक गर्न सान्दर्भिक लागेर म्युजिक भिडियो बनाइएको हो ।’
१९ वैशाख २०७८, आइतवार १४:२१ बजे प्रकाशित