मिस नेवा फागुन ७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी

नेवार समुदायका युवतीहरुको सहभागिता रहने सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।

आयोजक नेप्लिज फेशन होमले प्रतियोगिता आगामी फागुन ७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको छ ।

अहिले आयोजना हुन लागेको मिस नेवाः नेपालको १५ औं संस्करण हो । यो संस्करणमा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।

उनीहरुले विभिन्न विधामा तालिम र प्रशिक्षण पूर्व मिस नेवा नेपालहरू नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायतसँग लिइरहेको आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।

नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्दै नेवार समुदायको युवतीको प्रतिभा निखार्ने उदेश्य कार्यक्रमको रहेको मानन्धरको भनाई रहेको छ ।

७ माघ २०७७, बुधवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु