रुखसँग बिहे गरेकी महिलाले मनाइन् पहिलो एनिभर्सरी

घरमा श्रीमान हुँदाहुँदै जंगलमा गएर रुखसँग बिहे गरेकी एक बेलायती महिलाले आफ्नो रुखसँगको बिहेको वर्षगाँठ मनाएकी छिन् ।

दुई बच्चाकी आमा रहेकी ती महिलाले पतिलाई घरमै छाडेर जंगलमा गई आफ्नो वृक्षपतिलाई अंकमाल गरी एनिभर्सरी मनाइन् । उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए । उनले आफ्नो रुखपतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् । त्यहाँ उनीहरुले एल्डर फ्लावरको स्याम्पेन फोडेर एनिभर्सरी मनाएका थिए ।

एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी गरेकी छिन् ।

बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् ।

आफू कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेको उनी बताउँछिन् । आफू जीवनभर रुखप्रेमी रहने उनको भनाइ छ ।

रुखसँग बिहे गर्ने आफ्नो निर्णय जीवनको सबैभन्दा सही निर्णय भएको दाबी उनी गर्छिन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

२९ भदौ २०७७, सोमवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु