कुलमान घिसिङको ठाउँमा आए लेखनाथ कोइराला,आजैदेखि सम्हाले निमित्तको जिम्मेवारी
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।
कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।
कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बतायो ।
कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक ९१२ औं तहमा कार्यरत थिए ।
उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।
३० भदौ २०७७, मंगलवार २०:५९ बजे प्रकाशित













