एसईई नतिजा मंगलबार सम्म आउने

एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबार सम्ममा प्रकाशित हुने भएको छ ।

उपनियन्त्रक महेश्वर शर्माको अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र कुनै समस्या नआएमा मंगलबार सम्ममा नतिजा प्रकाशित हुने भएको हो ।

‘एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेका छौँ,’ उनले भने ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । तर कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो ।

पछि परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो ।

नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट see लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर 34949 मा पठाउन सकिन्छ ।

उदाहरणको लागि तपाइँको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई see १२३४५६७८ लेखेर 34949 मा पठाउने ।

त्यस्तै http://see.ntc.net.np/ मा गएर समेत एसइईको नतिजा हेर्न सकिन्छ ।

१७ साउन २०७७, शनिवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु