९ तस्बिरमा प्रियंका चोपडाको जीवन, बाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन ? (फोटो फिचर)

बलिउड नायिका प्रियंका चोपडाले शनिबार १८ जुलाई० मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् ।
उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् ।
उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा बस्ने मौका पाइन् । उनी सन् २००० मा विश्व सुन्दरी बनिन्, त्यसपछि उनले फर्किएर हेर्नुपरेको छैन ।
उनले बलिउडसहित हलिउडमा पनि आफ्नो रङ्ग जमाइसकेकी उनी अमेरिकी निक जोनससँग विवाह गरिन् र उनी अमेरिकामा सेटर छिन् ।
प्रियंकाले अहिले जुन स्थान हासिल गरेकी छिन् त्यसका लागि उनले कडा मिहिनेत गरेकी छिन् ।उनले अन्तर्वार्तामा आफू सधैं आफ्नो सपनासँगै हुर्किएको बताउने गरेकी छिन् ।
मानिसहरुले आफूलाई ‘तिमी एक केटी हौ, तिम्रो सपना पूरा हुँदैनन्’ भन्ने गरेको उनले बताउँछिन् । जब उनी अमेरिका पढ्न गइन् तब उनलाई मानिसहरुले उनको रङ्गका कारण तनाव दिने गर्दथे ।
उनको खुट्टामा सेता दाग थिए जसले उनको आत्मविश्वास डग्मगाएको थियो ।
आज प्रियंकाको खुट्टाले १० वटाभन्दा बढी ब्रान्डको विज्ञापन गरिरहेको छ । प्रियंकाले आफ्नो मिहिनेतले आफ्नो सबै सपना पूरा गरेकी छिन् ।
प्रियंका चोपडा अहिले स्टाइल आइकन हुन् तर वाल्यकालमा उनलाई पश्चिमा शैलीको कपडा लगाउन दिँइदैन थियो । उनी अमेरिकाबाट फर्किएपछि उनका पिताले उनलाई टाइट कपडा लगाउन दिँदैनथे ।
प्रियंका पढाईमा निकै अब्बल थिइन् । उनलाई वाल्यकालमा मिट्ठू निकनेम दिइएको थियो । एक अन्तरवार्तामा उनले आफूलाई उक्त नाम मन नपरेको र आफैंले नाम परिवर्तन गरेर मिमी बनाएको बताइन् ।
प्रियंका चोपडाले १३ वर्षको उमेरमा अमेरिका पढ्न जाँदा रङ्गका कारण त्यहाँका बच्चाहरुले उनलाई भिन्न प्रकारको व्यवहार गर्ने गरेको बताइन् । उनका अनुसार बच्चाहरुले उनलाई ब्राउनी र करी भनेर बोलाउँथे ।
प्रियंकाले यी सबै झेल्नु उनका लागि निकै मुश्किल भएको बताइन् । उनी हल्का काली थिइन् र खुट्टामा सेतो दाग थियो । सबैले जिस्काउने भएकोले उनको आत्मविश्वासमा ठेस् पुगेको थियो । यहाँसम्म कि डरका कारण उनी वासरुममा खाजा खाने गर्थिन् ।
अमेरिकामा भेदभाव झेलिरहेकी प्रियंकालाई आफ्नो मिहिनेतमा पूर्ण विश्वास थियो । उनका अनुसार उनलाई कुनै बेला आफ्नो खुट्टाले लज्जित बनाउँथ्यो अहिले उनको खुट्टाले १२ वटा ब्रान्डको विज्ञापन गर्छ ।
प्रियंकाका अनुसार एक युवतीले उनलाई निकै टर्चर दिने गर्थिन् । सायद उनी प्रियंकालाई मन पराउँदिनथिन् किनभने उनका प्रेमीले प्रियंकालाई मन पराउँथे । उनले प्रियंकालाई असाध्यै गाली गर्थिन् र कुटपिटसमेत गर्थिन् ।
प्रियंकालाई वाल्यकालदेखि नै विवाहको अत्यधिक शौख थियो । फिल्मफेयरलाई दिएको एक अन्तरवार्तामा उनले आफू निकै सानो भएको बेलामा पनि सल ओढेर ऐनामा हेरिरहन्थिन् । उनी १२ वर्षको उमेरदेखि नै विवाह गर्न चाहेको पनि एक अन्तरवार्तामा बताएकी छिन् ।
प्रियंका चोपडाले निक जोनससँग विवाह गरेकी छिन् । उनको विवाह अत्यधिक चर्चामा रह्यो ।
प्रियंकाले जोधपुरको उम्मेद भवन प्यालेसमा धुमधामसँग विवाह गरेर आफ्नो वाल्यकालको सपना पूरा गरेकी थिइन् । प्रियंका निकसँग अमेरिकामा छिन् र उनी मुम्बई आवतजावत गरिरहन्छिन् । यो जोडी सँगै भएका बेला उनीहरु बीचको केमेस्ट्रिको अत्यधिक चर्चित हुने गर्छ ।
१७ साउन २०७७, शनिवार १०:१८ बजे प्रकाशित