कक्षा ११ को परीक्षा संचालनमा

कोभिड १९ महामारीबीच मुगुमा कक्षा ११ को परीक्षा धमाधम सन्चालन हुदै छन् ।
मुगु जिल्लामा रहेका ११ वटा उच्च माध्यामिक बिद्यालहरुले आ आफ्नो बिद्यालयको समय अनुकुल मिलाएर कक्षा ११ को परिक्षा सन्चालन गरीरहेका छन् ।

पछिल्लो समयमा सरकारले गरेका नीति अनुसार मंसिर ९ गते अगाबै कक्षा ११को परिीक्षा सकिसक्न निर्देशन दिइएपछि सतर्कता अपनाउदै परिक्षा सन्चालन भइरहेको शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख सुर्य बहादुर खत्रीले बताएका छन ।

कार्तिक २३ गते बाट सन्चालन भएको कक्षा ११ को परीक्षा आज दोस्रो दिन श्री नमुना माध्यामिक बिद्यालयमा आज नियमित तर्फ ३० जना मध्ये २ जना अनुपस्थि भएका थिए ।

बिद्यार्थिहरुलाई परीक्षामा सहभागी हुन भन्दा पहिले स्वास्थ्य चौकी माग्री स्वास्थ्यकर्मिबाट नियमित चेक जाच, सामाजिक दुरी कायम ,सेनिटाईजर र माक्स प्रयोग गरेर मात्र परीक्षामा सहभागी गराउने श्री नमुना माध्यमिक बिद्यालय वुद्घ माग्रीका प्रधानाध्यापक टीका प्रसाद उपाध्यायले बताएका छन् ।

२४ कात्तिक २०७७, सोमवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु