डिशहोम फाईवरनेटको सह–वितरण सोरुम जोरपाटीमा

डिशहोम फाईवरनेटले काठमाडौँको जोरपाटीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । माघ १९ देखि बिक्री तथा बिक्रीपछिको सेवा सुरु गरिएको सोरुमको सञ्चालन दीपा ईम्पेक्सले गर्ने भएको हो ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।

डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

२१ माघ २०७८, शुक्रवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु