फेरि लकडाउन हुने आशंकाले चितवनका ठूला होटल अन्योलमै

चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए ।

तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् ।

मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । पटिहानीको होटल भिल्लाका सञ्चालक सविन पौडेलले भदौ १ गतेदेखि खोल्ने मनस्थिति रहेको बताए ।

‘तत्कालै फुल फ्लेजमा चलाउने अवस्था छैन, मेन्टिनेन्स गर्ने र दशैं तिहारपछि पूर्ण रूपमा चलाउन सकिन्छ कि भन्ने आशा छ’ सञ्चालक पौडेलले भने, ‘कोरोनाको जोखिम फेरि बढ्ने अवस्था देखिएको छ, समुदायमा फैलिन थाले त के होटल चलाउने अवस्था आउला र ?

‘चितवनभन्दा बाहिरका मान्छे आउन सक्ने परिस्थिति छैन, होटल मात्रै खोलेर के गर्ने रु’ पटिहानीका वडाध्यक्ष विष्‍णु महतोले भने, ‘एकैपटक कामदार बोलाएर खर्च मात्रै थप्ने पक्षमा होटल सञ्चालक देखिएनन् ।’

पटिहानीमा साना होटल आंशिक रुपमा खुलेका छन् । यहाँका कतिपय होटल सौराहा आउने पर्यटकको आधारमा मात्रै खोल्ने वा नखोल्ने निर्णय गर्ने मनस्थितिमा छन् ।

‘पटिहानीका ठूला होटल वेट एण्ड सीको अवस्थामा छन्, तत्कालै चलाउने सुरसार देखिदैन’ पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले भने, ‘फेरि बन्द गर्नुपर्ने अवस्था आए किन चलाउने भन्ने पनि छ ।’

थपलियाकै भनाइमा सहमत छन्, कसरा रिसोर्टका म्यानेजर लोक कुँवर पनि ।  ‘लकडाउन फेरि हुने अवस्था पनि छ, त्रास थपिँदै गएको छ’ उनले भने, ‘समुदायमा कोरोना गएको देखिँदा झनै डर बढेको अवस्था छ ।’

कुँवरले साधारण परिस्थिति रहे सेप्टेम्बर १ ९भदौ १६० बाट खोल्ने तयारी गरिएको बताए । रिसोर्टमा कार्यरत ६५ मध्ये १२ जनालाई बोलाएर नियमित गर्नुपर्ने काम गरिएको उनले जानकारी दिए ।

पटिहानीमा होटल जंगल भिल्ला, कसरा रिसोर्ट, इन टु दी वाइल्ड इको रिसोर्ट, नारायणी सफारीलगायतका ठूला होटल छन् । रिभर बैंक जंगल रिसोर्ट र पटिहानी रिसोर्ट निर्माणाधीन ठूला होटल हुन् ।

यस्तै, जगतपुरमा दुई ठूला होटल जगतपुर लज र टाइगर ल्याण्ड सफारी छन् ।

पटिहानी र जगतपुरका होटलमा गरी करिब १२ सय जनाले रोजगारी पाएका थिए । पहिटानी रहेको भरतपुर महानगरपालिका वडा नं। २२ का वडाध्यक्ष विष्णु महतोले लामा दूरीको यातायात र विमान नचलेकाले पर्यटक आउने सम्भावना कम रहेको बताए ।

१७ साउन २०७७, शनिवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु