आज पनि बढ्यो सुनको मूल्य

६ साउन, काठमाडौँ । बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने ९५ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुनेछ । यसअघि यो सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । मंगलबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार भने एक हजार २६० रुपैयाँमा कारोबार हुनेछ ।

६ साउन २०७८, बुधवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु