सुन चाँदीको भाउ सामान्य घट्यो

२८ असार, काठमाडौं । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।
आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।
२८ असार २०७८, सोमवार १२:३५ बजे प्रकाशित