नेप्से आज २३.९७ अंकले बढ्यो

बिहीबार शेयर बजार परिसूचक (नेप्से) २३.९७ अंकले बढेर  परिसूचक २८२५.११ बिन्दुमा पुगेको छ।

बिहीबार २२३ कम्पनीका १ लाख ३१ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।

आज अन्य र व्यापार उपसमूहको सूचक बाहेक सबै सूचक बढेको छ। आज फाइनान्समा लगानीकर्ताको आकर्षण देखियो। यो उपसमूह ३.०९ प्रतिशतले बढेको छ।

बिहीबार गुहेश्वरी मर्चेन्टको शेयर मूल्य ९.४७ प्रतिशतले बढ्यो। त्यसैगरी जोशी हाइड्रोपावर, घल्म्दी हाइड्रो, यूनियन हाइड्रो, मल्टीप्रपोज फाइनान्स र सिभिल लघुवित्तको शेयर मूल्य ५ प्रतिशत बढीले बढेको छ।

२४ असार २०७८, बिहीवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु