लिटरको कति पुग्यो खाने तेलको मूल्य ?

९ असार, काठमाडौँ । केही समयदेखि बढेको खाने तेलको मूल्य घट्न थालेको छ । बजारमा खानेतेलको मूल्य लिटरको २ सय ७० देखि माथि रहेकोमा अहिले केही घटेको छ । यसैबीच पछिल्लो एक सातामा तेलको मूल्य लिटरमा १५ देखि २० रुपियाँसम्म घटेको छ ।
बजारमा छोइनसक्नु भएको तेलको मूल्य वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनपछि घटेको बताइएको छ । लिटरको २ सय २५ रुपैयाँ रहेको भटमासको तेलको फ्याक्ट्री मूल्य अहिले घटेर लिटरको २ सय १५ रुपैयाँ पुगेको छ । यस्तै लिटरको २ सय ४५ रुपैयाँ रहेको सनफ्लावरको तेलको मूल्य अहिले घटेर लिटरको २ सय ३० रुपैयाँमा झरेको छ ।
यस्तै अहिले तेलको मूल्य घटेको भनिए पनि उपभोक्ताले घटेको महशुस गर्न पाएका छैनन् । महँगो मूल्यमा किनेर तेल खान उपभोक्ता वाध्य छन् ।
अहिले तेल उत्पादन गर्न चाहिने कच्चा पदार्थको भाउ घट्न थालेपछि तेलको मूल्य पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा भटमासको १५ र सनफ्लावरको कच्चा पदार्थमा २० प्रतिशत मूल्य घटेको हो । तेलका लागि आवश्यक कच्चा पदार्थ सोयाबिन अर्जेन्टिना, ब्राजिलबाट ल्याउने गरिन्छ ।
९ असार २०७८, बुधवार १५:२८ बजे प्रकाशित