आज सुनको मूल्य कति छ ? हेर्नुहोस्

गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।
यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।
६ असार २०७८, आइतवार १२:०१ बजे प्रकाशित