उच्च विन्दुमा नेप्से, १७ अर्ब २७ करोडभन्दा बढीको कारोबार

२३ जेठ, काठमाडौं । नेप्से परिसूचक आज ५०.१३ अंकले बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ । यो अंक अहिलेसम्कै उच्च हो ।

यसअघि सबैभन्दा बढी गत बिहीबार नेप्से परिसूचक २९ अंकले बढ्दै २८५६ं.६७ विन्दुमा रोकिएको थियो । आज ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ताको किनबेचमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर १ अर्ब २१ करोड रूपैयाँको कारोबार भयो । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड रूपैयाँको कारोबार भयो । आज महिला लघुवित्तको शेयर सबैभन्दा झण्डै १० प्रतिशतले बढेको छ ।

२३ जेठ २०७८, आइतवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु