७०० रुपैयाँले बढ्यो सुनको मूल्य
 
			१३ जेठ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
जसअनुसार छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी हिजोकै मूल्य अर्थात् प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
१३ जेठ २०७८, बिहीवार ११:५५ बजे प्रकाशित
 
						 




