आज सुनको मूल्य घट्यो

सुनको मूल्यमा सामान्य कमी आएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । सुनको मूल्य तोलामा दुईसय रुपैयाँले कमी आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय कायम गरेको जनाएको छ । सोमबार तोलाको ९३ हजार ७ सय कायम गरिएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेर ९३ हजार कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य भने तोलाको १३ सय ५० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

११ जेठ २०७८, मंगलवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु