सुनचाँदीको मूल्यमा उतारचढाव, आज प्रतितोला ४०० रुपैयाँले घट्यो

कोभिड १९ महामारीका कारण जारी निषेधाज्ञाको समयमा नेपाली बजारमा सुनको भाउमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

हिजो बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज सोही रकम बराबर गिरावट आउँदा प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।

७ जेठ २०७८, शुक्रवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु