आज घट्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीनसयमा कारोबार

काठमाडौं। जेठ महिनामा सुनको मूल्य पहिलोपटक घटेको छ। कारोबार सुरु भएको २ गतेदेखि ४ गतेसम्म लगातार बढ्दै आएको थियो ।
आज ५ गते भने सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार तीनसय र तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ छ ।
यसैगरी आज चाँदीको भाउ प्रतितोला एक हजार ३७० रुपैयाँ छ ।
५ जेठ २०७८, बुधवार ११:५३ बजे प्रकाशित