सुनको मूल्य घट्यो

नेपाली बजारमा आज लगातार दोस्रो दिन सुनको मूल्य घटेको छ ।

हिजो तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

३० वैशाख २०७८, बिहीवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु