आज नेप्से ५९.७ अंकले घट्यो

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता र अनुकुल मौद्रिक नीतिले बढेको सेयर बजारमा त्रमशः बिक्रीको चाप बढ्न थालेको छ ।

आइतबार ८० अंकले घटेर २,४७४.३९ बिन्दूम आइपुगेको नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसूचक सोमबार ४० अंकले बढेको थियो ।

मंगलबार पुनः ५९.७ अंकले घटेको सेयर बजार २,४५५.३३ बिन्दूमा आइपुगेको छ ।

सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २.३७ प्रतिशतले घटेको छ भने सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने ‘सेन्सेटिभ इण्डेक्स’ नै २.१६ प्रतिशतले घटेको छ ।

बैंक तगा वित्तीय संस्थामा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा ऋण उपभोग गरिरहेका सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज माथि जानसक्ने अनुमानका आधारमा सेयर बेचेर बाहिरिएका छन् ।

‘बढेको बजारमा नाफा लिएर निस्कन चाहाने मनोविज्ञानले पनि काम गरेको देखिन्छ,’ सेयर बजार विश्लेषक प्रकाश रजौरियाले भने ।

चैत मसान्तमा कर तिर्ने दबाब, बैंकको ऋणको ब्याज तिर्ने दबाब हुने हुनाले चलाखी गरेर अलिक छिटो नै सेयर बेचेर बाहिरिन चाहानेहरूका कारण सेयर बजारमा बिक्रीको चाप परेको हो ।

सेयर बजारमा ‘सेल इन मे, एण्ड गो अवे’ भन्ने भनाइ प्रचलित छ ।

मे मा सेयर बेच्ने र घटेको सेयर बजारमा लगानी गर्नका लागि नोभेम्बर पर्खने परिघटनालाई नेपालको सेयर बजारले पछ्याउँछ कि, पछ्याउँदैन त्यसमा पनि अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा देखिन्छन् ।

बैंक तथा वित्तिय संस्थाहरूको कर्जा वृद्धिसँगै अधिक तरलता ९० अर्ब रुपैयाँ भन्दा कम छ । वाणिज्य बैंकहरूको औसत कर्जाको तुलनामा स्रोत ९निक्षेप र प्राथमिक पुँजी योग० ७६ प्रतिशत पुगेको छ । यद्यपि नेपाल राष्ट्र बैंकले यो अनुपात ८५ प्रतिशतभन्दा तल राख्नुपर्ने व्यवस्था गरेको छ ।

यो साता आइतबार ठूलो गिरावट आएपछि सोमबार सबै समूहका परिसूचक उकालो लागेर सेयर बजार हरियाली देखिएको थियो । मंगलबार भने ट्रेडिङ र होटल्स तथा टुरिजम भने उकालो लागेको छ ।

ट्रेडिङ समूहको परिसूचक अप्रत्याशित रूपमा ९.१८ अंकले बढेको छ । सोमबार पनि ट्रेडिङ समूहको परिसूचक ३।३२ अंकले बढेको थियो ।

ट्रेडिङ समूहमा सूचिकृत साल्ट ट्रेडिङ लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर अन्तिम कारोबार मूल्य ८४४ रुपैयाँ पुगेको छ ।

साल्ट ट्रेडिङको सेयर ट्रेडिङ समूहको इण्डेक्सलाई नै माथि तानेको छ । म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन, निर्जीवन बीमा कम्पनी समूह, लघुवित्त, बैंकिङ, विकास बैंक समूह, जलविद्युत् तथा अन्य समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

मंगलबार सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेर धेरै गुमाउनेमा नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् । त्यस्तै, साधना लघुवित्त र गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरै घटेको छ ।

साल्ट ट्रेडिङ लिमिटेड र चन्द्रागिरी हिल्सको मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.८९ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन पावर पार्टनर र एचआइडीसीएलको सेयर मूल्य क्रमशः ८.८९ र २.१७ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै पटक सेयर किनबेच हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा रहेको छ ।

निफ्राको सेयर ८,७९० ओटा कारोबार भएको छ । त्यस्तै, कुमारी बैंकको सेयर सबैभन्दा धेरै ठूलो परिमाणमा कुमारी बैंकको ६ लाख ८१ हजार ९७ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार मूल्यका हिसाबले एशियन लाइफ इन्स्यारेन्सको सबैभन्दा बढी २८ करोड २७ लाख ९४ हजार एक सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार नेप्सेमा २०८ कम्पनीको ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँ मूल्यका एक करोड ३१ लाख ६ हजार सात सय ३८ कित्ता सेयर ६४ हजार सात सय ८७ ओटा कारोबारमार्फत खरिद–बिक्री भएको छ ।

१८ फागुन २०७७, मंगलवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु